लकडाउन उल्लङ्घन गर्ने काठमाण्डाै र ललितपुरका ६ सयभन्दा धेरै 'हाेल्ड'

 वैशाख १, २०७७ सोमबार ७:४८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकाबाट नयाँ वर्ष २०७७ काे पहिलाे दिन साेमबार बिहानै लकडाउन उल्लङ्घन गर्ने ६ सयभन्दा धेरैलाई प्रहरीले 'होल्ड' गरेको छ ।

साेमबार बिहान ७ बजेसम्ममा काठमाण्डौ र ललितपुरबाट चार सय ५४ जना पुरुष र एक सय ६२ महिला गरी ६ सय १६ जनालाई होल्ड गरिएको प्रहरीले जनाएको छ ।

लकडाउनका बेला अत्यावश्यक बाहेक अन्य कामका लागि निस्कन नपाइने भएकाले उनीहरुलाई होल्ड गरिएको प्रहरीले जनाएको छ । साेधपुछका क्रममा अत्यावश्यक कामका लागि निस्किएको पाइए छाड्ने पनि गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमणबाट बच्न र राेकथामका लागि सरकारले देश नै लकडाउन गरेकाे छ । सरकारले भाइरसकाे सङ्क्रमणबाट बच्न लकडाउनकाे विकल्प नभएकाेले यसलाई पूर्णरुपमा पालना गर्न आग्रह गर्दै आएकाे छ । यद्यपि लकडाउन उल्लङ्घनकाे क्रम भने घटेकाे छैन । 

सरकारले तेस्राे पटक मिति थप्दै लकडाउनकाे अवधि बढाएकाे हाे । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया