काेभिड १९ : दिल्लीमा थप १० क्षेत्र 'सिल'

 वैशाख १, २०७७ सोमबार ८:३८:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – दिल्लीमा कोरोना भाइरस (कोभिड १९) को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै थप १० क्षेत्रलाई सिल गरिएको छ ।

योसँगै दिल्लीमा सिल गरिएको क्षेत्रको सङ्ख्या ४३ पुगेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आउँदा दिनमा अरु क्षेत्रलाई पनि सिल (कन्टेनमेन्ट) गरिने बताएका छन् । 

दिल्लीमा मात्रै कोरोना भाइरसबाट सङ्क्रमति हुनेको सङ्ख्या एक हजार एक सय ५४ पुगेको छ । सिल गरिएको नयाँ क्षेत्रमा इस्ट अफ् कैलाशको ई–ब्ल्कको एक लेन हो । यो बाहेक कैलाश हिल्स र गाजी भिजेलमा शेरा मोहल्ला हो । साथै अबुल फजल इन्क्लेभको दुई ठाउँ, मदनपुरा खादरमा दुई दक्षिण–पूर्वी दिल्लीको जैतपुर एक्टेन्शन क्षेत्र सिल गरिएको छ । 

दक्षिण–पश्चिमी दिल्लीमा द्वारका नजिकको महावीर इन्क्लेभलाई पनि सिल गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा सङ्क्रमित हुनेमध्ये अधिकांश निजामुद्दिनमा गएको महिना तबलीगी जमातको आयोजनामा जोडिएका व्यक्तिहरु रहेका छन् । 

सिल गरिएको क्षेत्रलाई रेड जोन र उच्च खतरायुक्त क्षेत्रलाई अरेन्ज जोनमा राखिएको मुख्यमन्त्री केजरीवालले बताए । यी क्षेत्रलाई स्यानिटाइज गरिनेछ । स्यानिटाइजेशनको एक ठूलो अभियान सोमबारदेखि सुरु हुँदैछ । जहाँ जहाँ कोरोनाको सङ्क्रमण धेरै देखिन्छ त्यहाँ त्यहाँ अपरेशन शिल्ड चलाइनेछ, जसका कारण न कोही त्यो क्षेत्रमा आउन पाउनेछ न कोही त्यो क्षेत्रबाट बाहिर जान पाउनेछ ।

दिलशाद गार्डेनमा अपरेशन शिल्ड चलाइएको थियो र त्यहाँ गएको १० दिनमा एक जनामा पनि सङ्क्रमण देखिएको छैन । 

मुख्यमन्त्री केजरीवालले निर्माण कार्य क्षेत्रका मजदुरहरुलाई पाँच–पाँच हजार भारु सहयोग गरेको बताएका छन् । अब अटो–ट्याक्सी, ग्रामीण सेवा र दोस्रो सार्वजनिक सेवा वाहन चलाउनेलाई पनि पाँच–पाँच हजार दिने बताए । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया