तेल उत्पादन कटाैती गर्न ओपेक र सहयाेगी संस्थाबीच सहमति जुट्याे

 वैशाख १, २०७७ सोमबार ९:४३:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – तेल उपादक देशहरुको सङ्गठन ‘अर्गनाइजेशन अफ् द पेट्रोलियम एक्सपोर्टिग कन्ट्रिज’ (ओपेक) र सहयोगी संस्थाबीच तेलको उत्पादन कटौती गर्ने सहमति भएको छ । 

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिनका लागि विश्वका धेरै क्षेत्रमा लकडाउन तथा सार्वजनिक गतिविधि बन्द हुँदा माग कम भएको भन्दै ओपेक र सहयोगी संस्थाले तेलको उत्पादन १० प्रतिशतले घटाउने सहमति गरेको बीबीसीले जनाएको छ । 

ओपेक र तेल उत्पादक संस्थाबीच गएकाे अप्रिल महिनाकाे ९ तारिखमा नै कटाैतीलाई लिएर सम्झाैता हुने तय भएकाे थियाे तर मेक्सिकाेले विराेध गर्दै आइरहेकाे थियाे ।

तेल उत्पादनमा यति ठूलो मात्रामा कटौति गर्ने सहमति भएको यो पहिलो पटक हो । ओपेकले तेल कटौतीसम्बन्धी सहमति औपचारिक रुपमा घोषणा गर्न बाँकी छ । तर त्यसका सदस्य देशहरुले सहमति जनाइसकेका छन् । 

योसँगै नियमितभन्दा अब दैनिक ९ दशमलव ७ मिलियन ब्यारेल तेलको उत्पादन कम हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कुवेतका ऊर्जा मन्त्री डाक्टर खालिद अली मोहम्मद अल फादेलले ट्वीट गरेर सम्झौताको जानकारी दिएका छन् । 


 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया