कश्मीर सीमा क्षेत्रमा झडप हुँदा तीन जनाकाे ज्यान गएकाे भारतीय सेनाकाे दाबी

 वैशाख १, २०७७ सोमबार ११:२१:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारत र पाकिस्तानका सेनाबीच सीमा क्षेत्रमा झडप हुँदा तीन जनाको ज्यान गएको भारतले दाबी गरेको छ । 

कश्मीरको कुपवाडा जिल्लाको रिहाइशी क्षेत्रमा झडप हुँदा एक महिलासहित तीन जनाको ज्यान गएको भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कालियाले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । 

भारतीय सेनाका अनुसार पाकिस्तानी सेनासँग एक हप्तासम्म नियन्त्रण रेखामा झडप भएको हो । त्यसपछि पाकिस्तानी सेनाले आइतबार रिहाइशी क्षेत्रमा मोटार आक्रमण गरेको भारतीय सेनाले दाबी गरेको छ । 

तर पाकिस्तानी सेनाले भने त्यसको खण्डन गर्दै सन् २००३ मा भएको युद्धविरामको भारतीय सेनाले उल्लङ्घन गरेको बताएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया