'लकडाउन'का समयमा रोजगारी गुमाउनेलाई पालिकामार्फत राहत बाँडिन्छ : प्रधानमन्त्री ओली

 बैशाख १, २०७७ सोमबार १५:७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले 'लकडाउन'को समयमा रोजगारी गुमाउने तथा विपन्न व्यक्तिलाई पालिकामार्फत राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । 

उहाँले रोजगारी गुमाएर बिहान साँझको छाक टार्न कठिन भएका, अपाङ्गताका कारण औषधिलगायत अन्य सुविधाको पहुँचबाट टाढा रहेकाहरुलाई सहयोग गर्ने बताउनु भएको हो ।  

ओलीले विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौंले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने निश्चितजस्तै भएको बताउनु भएको छ । कोरोनापछिको क्षतिको आकलनका लागि सरकारले आफू सम्वद्व विभिन्न निकायहरुलाई परिचालित गरिसकेको उहाँले जानकारी दिनुभयो । 

आउँदो हप्ता दिनसम्ममा महामारीको वेगको पूर्वानुमान हुनसक्ने भएकाले समग्र मूल्याङ्कनपछि मात्रै निष्कर्षमा पुग्ने अवस्था रहेको उहाँको भनाइ छ । कोरोनाका कारण विकास निर्माणमा काममा अवरोध पुगेको भन्दै प्रधानमन्त्री ओलीले प्राथमिकताका क्षेत्रलाई पुनःव्यवस्थित गर्नुपर्ने अवस्थामा आइपुगेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले आधारभूत सुविधा र उपचार सेवाबाट वञ्चित हुन नपरोस् भनेर सम्बन्धित देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विदेशमन्त्रीहरुसँग निरन्तर संवाद गरिरहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया