दाङमा डढेलोबाट ६ हेक्टर वन क्षेत्रमा क्षति

 वैशाख १, २०७७ सोमबार १५:२७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - तुलसीपुरमा रहेको अश्वारा सामुदायिक वनमा आगो लाग्दा झन्डै ६ हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।

शनिबार रातिदेखि लागेको आगो उपभोक्ताले आइतबार बिहान नियन्त्रणमा लिएका छन् । सामुदायिक वनको ग प्लटमा नचिनेका मानिसहरुको समूहले लगाएको आगोलाई करिब ४ घटन्टा पछि नियन्त्रणमा ल्याएको अश्वारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुरमा बस्नेतले जानकारी दिनु यो ।

वनमा आगो लागेको जानकारी पाएलगत्तै एकता, मितेरी र सिर्जना टोलबाट गएका उपभोक्तारुले आगोलाई नियन्त्रणमा लिएका थिए । आगलागीबाट झन्डै ६ हेक्टर क्षेत्रफलमा रहेका हजारौ प्रजातिका बोट विरुवाहरु जलेर नष्ट भएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

गर्मी यामसँगै दाङको चुरे क्षेत्रमा रहेको वन क्षेत्र डढेको उच्च जोखिममा रहेको छ । व डढेलो कम गर्न सचेतनामूलक कार्यक्रम सुरु गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष दाङका वनमा डढेलोको अवस्था अत्यन्त न्यून मात्रै रहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया