फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड १९) राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ ।
राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको कही प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जानकारी दिनुभयो । नेपाल सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले बताउनु भयो ।
सदस्य–सचिवको पहलमा ६ सय परिवारलाई राहत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालको पहलमा कोरोना भाइरस (कोभिड-१९) का कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्न परिवारलाई सोमबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ ।
सदस्य–सचिव सिलवालको अनुरोधमा द्घारिका होटल र नोबेल कलेजले काठमाडौं महानगरपालिका वडा ९ का ६ सय परिवारलाई राहतको व्यवस्था मिलाएको हो । लक्षित वर्गलाई चामल, नुन, तेल, दाल, गेडागुडी र चिउरा प्रदान गरिएको थियो ।
![]() |
खाडी र मलेसियामा साेमबारकाे कोरोना अपडेट : सङ्क्रमितकाे सङ्ख्या १९ हजार नाघ्याे, ४९ नेपालीमा सङ्क्रमण |
वडा पदाधिकारीको उपस्थितिमा सदस्य–सचिव सिलवाल, नोबेलका अध्यक्ष नवराज पाण्डे, वडा अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजको हातामा राहत वितरण गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।