फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात तथा मिर्गौला रोगलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।
आज काठमाण्डौ महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग सम्झौता गर्दै यस्तो सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।
काठमाण्डौ महानगरपालिकाका तर्फबाट प्रशासन विभाग प्रमुख नमराज ढकाल र संयुक्त एम्बुलेन्स चालक संघका तर्फबाट अध्यक्ष गोवद्र्धन सापकोटाले संयुक्तरुपमा हस्ताक्षर गरेको सम्झौता अनुसार अब लकडाउन अवधिभर पाँच ओटा एम्बुलेन्सले २४ सै घण्टा सेवा दिनेछन् ।
त्यसका लागि एम्बुलेन्स सेवालाई काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोग गर्नेछ ।
लकडाउनको समयमा हृदयघात, मृगौलाका रोगीलगायतका महानगरवासीहरुलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको काठमाण्डौ महानगरपालिकाले जानकारी दिएको छ ।
‘लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह हुनेछ,’ काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘सम्भावित बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि काठमाण्डौ महानगरपालिकाले हटलाइन नम्वर ११८० को व्यवस्था गरेको छ ।’
![]() |
खाडी र मलेसियामा साेमबारकाे कोरोना अपडेट : सङ्क्रमितकाे सङ्ख्या १९ हजार नाघ्याे, ४९ नेपालीमा सङ्क्रमण |
सम्झौता अनुसार निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधनमा करार अवधिभर अन्य प्रयोजनमा एम्बुलेन्स चलाउन पाउने छैन । त्यसैगरी निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीहरुको नाम थर र अन्य विवरणको लगत अद्यावधिक गरी प्रमाणित गर्नु पर्नेछ । ‘निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको बिरामीसँग थप भाँडा दस्तुर वा सेवा शुल्क लिन पाइनेछैन,’ सम्झौतामा उल्लेख छ, ‘निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको बिरामीसँग कुनै अस्पतालमा वा उसको घरसम्म आउन जान आनाकानी वा मोलतोल गर्न पाईने छैन ।’
यसरी सञ्चालनमा आएका एम्बुलेन्सले महानगरको भौगोलिक क्षेत्र सीमा बाहिर २ किमि सम्म निःशुल्क सेवा दिनु पर्नेछ । तर, २ किमि भन्दा बढिको दुरीमा यात्रा गर्नुपर्दा सम्बन्धित बिरामीले नेपाल सरकारको नियमानुसार दूरीको आधारमा भाडा तिर्नुपर्नेछ ।
‘निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दा रोगको प्रकृति हेरी प्राथमिकीकरण गरीे सेवा प्रदान गर्नुपर्नेछ । यसमा हृदयाघात, मृगौला रोगी, आकस्मिक सेवाको पहिलो प्राथमिकता दिनुपर्नेछ,’ सम्झौतामा उल्लेख गरिएको छ, ‘सम्झौता अवधिभर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधन ५ ओटामा २४ घण्टा नै सवारी चालक सहित सवारी साधन प्राविधिक रुपमा दुरुस्त राख्नु पर्नेछ ।
कुनै प्राविधिक त्रुटि छ भनी सेवा संचालनमा अवरुद्ध गर्न पाइने छैन । एम्बुलेन्सले चाबहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पाट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरलगायतका स्थानबाट सेवा दिनेछन् ।
काठमाण्डौ महानगरपालिकाले कोरोना सङ्क्रमणको सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवालाई यस अघि नै तयारी अवस्थामा राखेको छ । उक्त सेवा लिनका लागि १०२ नं मा सम्पर्क गर्न सकिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अर्जुन परियार दाङ
April 13, 2020, 7:28 p.m.काठमाडौमा त निसुल्क अम्बुलेन्स सेवा सुरु भए छ ।तर मोफसलका मानिस लाई त सामान्य जोरो समेत नाफ्न मन्दैन कसरी बचिन्छ होला र ।