डोटीका ३ सय ३० जनाको स्वाब परीक्षण : सबैको रिपोर्ट नेगेटिभ

 वैशाख १, २०७७ सोमबार १८:४२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी - जिल्लाका नौ वटा पालिकाका १२ वटा क्वरेण्टीनमा बसेका ३ सय ३० जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 
गएको चैत्र २६ गते सरकारले जिल्लाका ६ स्थानबाट क्वरेण्टीनमा बसेका ३०५ र अन्य २५ गरी जम्मा ३३० जनाको स्वाब सङ्कलन गरेर लगेकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले बताउनुभयो ।

उहाँका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं ४ राजपुरबाट ५० जना, शिखर नगरपालिका बन्लेकबाट २४ जना, धुर्कोटबाट ५० जना, बडीकेदार गाउँपालिका वडा नं विपीनगरबाट ४५ जना, आदर्श गाउँपालिका मौवानगरदहबाट ७५ जना र बोगटान फुड्सिल गाउँपालिका चवाराचौताराबाट ७६ जनाको स्वाव संङ्कलन गरेर परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,काठमाण्डौ पठाइएको थियो । 

स्वाब परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएपछि सबै ३३० जनालाई आजै घर पठाइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया