काेभिड १९ : भियतनाममा विपन्नका लागि 'एटीएम' बाट चामल

 वैशाख २, २०७७ मंगलबार ९:३५:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – एउटा मेसिन जसले तपाईँलाई सित्तैमा चामल दिन्छ, यदि यो साँचो हुँदो हो भने सुन्दा निकै राम्रो लाग्थ्यो । तर यस्तै ‘राइस एटीएम’ भियतनामभरि स्थापित भइसकेको छ, जसले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सबैभन्दा बढी प्रभावित भएकालाई मद्दत गर्छ । 

भियतनाममा अहिलेसम्म दुई सय ६५ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ तर कसैको पनि ज्यान गएको छैन, यो अरु देशको तुलनामा निकै कम हो । तर यसको सङ्क्रमण बढ्न नदिन सरकारले व्यक्ति–व्यक्तिबीचको दुरीलाई कार्यान्वयनमा ल्याएको छ ।

साना पसल र व्यवसाय बन्द गरिएको छ भने हजारौँले काम छोडेका छन् । कोरोनाको कारण कामविहीन भएकाहरुका लागि विभिन्न व्यापारी र दाताहरुले शहरको कैयौँ ठाउँमा एटीएमबाट सित्तैमा चामल वितरण गरिरहेका छन् । 

भियतनामको हनोईमा प्रत्येक दिन बिहान पानी बोक्ने ट्याङ्करले चामल ल्याउने र बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म वितरण गरिने स्थानीय समाचार एजेन्सी भीएनएले बतायो । 

‘एटीएमबाट चामल लिन लाइनमा लागेकाहरुले एकअर्कामा ६ फिटको दुरी कायम गर्नुपर्छ र चामल थैलामा भर्नुअघि अनिवार्य रुपमा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ’, स्थानीय अखबार हनोई टाइम्सले भन्यो । 

ह्युको मध्य शहरमा रहेको एक कलेजमा स्थापित एटीएमबाट स्थानीयले सित्तैमा दुई केजी चामल प्राप्त गर्दै आएका छन् । हो ची मिन्हमा रहेको राइस एटीएम हप्ताको सातै दिन चौबिसै घण्टा सञ्चालन हुन्छ । अर्काे हप्तासम्म डा नाङमा थप दुई वटा एटीएम स्थापना गर्ने भीएनएले बताएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया