भारतमा 'लकडाउन'काे अवधि मे ३ सम्म लम्बियाे

 वैशाख २, २०७७ मंगलबार १०:५५:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा आउँदाे मे ३ तारिखसम्म लकडाउन लम्ब्याइएकाे छ । प्रधानमन्त्री नरेन्द्र माेदीले मङ्गलबार देशकाे नाममा सम्बाेधन गर्दै लकडाउनकाे अवधि बढाउने घाेषणा गरेका हुन् । 

काेराेना भाइरस (काेभिड १९) काे प्रकाेपलाई मध्यनजर गर्दै यसअघि घाेषणा गरिएकाे २१ दिने लकडाउन आज पूरा हुँदै छ । 

सम्बाेधनका क्रममा माेदीले लकडाउनकाे कारण नागरिकलाई निकै कष्ट भइरहेकाे बताए । साथै उनले व्यक्ति व्यक्तिबीचकाे दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताए । 

प्रधानमन्त्री माेदीले लकडाउनकाे अवधि बढेपछि थप सतर्क रहनुपर्ने बताए । लकडाउनलाई अझ कडा गरिने र आउँदाे अप्रिल २० देखि लकडाउनकाे कत्तिकाे पालना भइरहेकाे छ भनेर मूल्याङ्कन हुने बताए । यदि लकडाउनकाे पूर्ण पालना भएमा अप्रिल २० देखि शर्तका साथ केही राहत दिइने प्रस्ट पारे । 

उनले लकडाउनकाे पूर्ण पालना गर्न र जुन ठाउँमा छाैँ त्यही ठाउँमा रहन सचेत गराएका छन् । साथै उनले नागरिकसँग सात वटा बुँदामा साथ मागेका छन् ।

- वृद्धवृद्धाको विशेष ध्यान राखौँ
- व्यक्ति व्यक्तिबीचको दुरी कायम गरौँ
- प्रतिरक्षा प्रणाली बढाउने कुरामा ध्यान दिऔँ
- कोरोना सङ्क्रमण रोक्न आरोग्य सेतु मोबाइल एप डाउनलोड गरौँ
- विपन्न परिवारका लागि सकेजति सहयोग गरौँ
- आफूसँग काम गर्नेलाई कामबाट ननिकालौँ
- डाक्टर, नर्स, सरसफाइकर्मी र प्रहरीको आदर गरौँ 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया