फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – सरकारले कोभिड–१९ विरुद्धकाे अभियानका लागि औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग प्रस्ताव अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीलाई फोन गरेर दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति प्रस्ताव गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रूत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार–सरकारबीच हुने जीटूजी ('गभर्मेन्ट टु गभर्मेन्ट' दुई सरकारका बीच) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरणको लागि मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो ।
दुवै देशका विदेश मन्त्रीले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन पनि छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।