महावीर पुनले बनाएको पीपीई दाङका एम्बुलेन्स चालक र रक्तसञ्चार केन्द्रलाई

 वैशाख २, २०७७ मंगलबार १२:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डाक्टर महावीर पुनले बनाउनुभएको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट दाङका एम्बुलेन्स चालकलाई उपलब्ध गराइने भएको छ।

दाङका एम्बुलेन्स चालक र रक्तसञ्चार केन्द्रमा कार्यरतहरुका लागि पुनले निःशुल्क उपलब्ध गराउनुभएको ३६ थान पीपीई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई मङ्गलबार हस्तान्तरण गरिएको छ ।

महावीर पुनले बनाउनुभएको पीपीई दाङ ल्याउन भूमिका खेल्नु हुने युवा समाजसेवी नरेन्द्र पुन तथा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमलाई प्रमुख जिल्ला अधिकारी रिजालले धन्यवाद दिनुभयो । प्राप्त भएको पीपीई दाङमा आपत्कालीन समयमा सञ्चालनमा रहेका १४ वटा एम्बुलेन्स र रक्तसञ्चार केन्द्रलाई वितरण गरिने उहाँले बताउनुभयो ।

‘प्राप्त भएको पीपीई अब पालैपालो बोलाएर एम्बुलेन्स चालकलाई दिन्छौँ, यसले उहाँहरु र एम्बुलेन्समा सवार हुने बिरामीलाई थप जाखिम हुनबाट बचाउनेछ ।’ दाङमा झण्डै पाँच दर्जन एम्बुलेन्स भए पनि विपदको समयमा १४ वटा एम्बुलेन्स चौबिसै घण्टा सेवा दिइरहेका छन् ।

अरु एम्बुलेन्स आवश्यकता अनुसार परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरानाको प्रकोपको बेला चौबिसै घण्टा सेवामा खटिएका दाङका एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई पीपीई उपलब्ध गराएर दाङलाई सहयोग गरेको रिजालले महावीरलाई पनि धन्यवाद दिनुभएको छ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया