फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
दाङ - बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अहिले ९ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
वीरगञ्जबाट कैलाली पुगेकी कोरोना सङ्क्रमित महिलासँगै आएकी दाङकी एक महिला र उनका ५ परिवार तथा अन्य ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो।
वीरगञ्जबाट आउनेमा दाङकी एक महिला भएको थाहा पाउनेबित्तिकै सोमबार बेलुकी खोज गरी उनी र उनको परिवारलाई आइसोलेनमा पठाइसकेका र उनीहरूमाथि उच्च निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयो ।
![]() |
खाडी र मलेसियामा मंगलबारको कोरोना अपडेट : सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो, सङ्क्रमणको शंका लागेमा यी नम्बरमा फोन गर्नुहोस् |
अहिले आइसोलेनमा रहेकाहरूमा घोराही उपमहानगर वडा नम्बर १४ का ६ जना, एक जना सिमेन्ट कारखानामा कार्यरत र अरू २ जना राजपुर गाउँपालिकाको रहेका जिल्ला स्वास्थ्य कार्यालय कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो।
यस्तै, आइसोलेसनमा रहेका ९ जनाको स्वाब संकलन गरी कोरोना भए/नभएको जाँचका लागि पठाउने तयारी भइरहेको उहाँले बताउनु भयो। यसअघि कोरोनाको आशंकामा आइसोलेसनमा राखिएका ४० जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको छ ।
यस्तै, दाङमा ३ सय ४२ वटा क्वारेन्टाइन बेड रहे पनि भारतलगायत तेश्रो मुलुकबाट आएका वा आफूलाई शंका लागेकाहरू त्यहाँ गएर बस्नेको संख्या अत्यन्तै न्यून रहेको छ । जिल्ला विभिन्न पालिकाहरूका अहिले ३९ जना मात्रै क्वारेन्टाइनमा बसिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।