फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
कञ्चनपुर - कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीले आफूहरुले पाउने दैनिक रासन भत्ता वापतको रकमबाट अतिविपन्न परिवारलाई सहयोग गरेका छन् ।
कोरोनाका कारण लकडाउनले भोकमरीको समस्यामा परेका अतिविपन्न परिवारलाई कैदीबन्दीले दैनिक रासनभत्ता वापतको रकमबाट चामल र नून सहयोग गरेका हुन् ।
उनीहरुले दैनिक रुपमा पाउने ७ सय ग्राम चामल र ६० रुपैयाँ भत्ताबाट ८ क्विन्टल चामल र एक बोरा नून किनेर सोमबार प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडालाई हस्ताक्षण गरेका हुन् ।
महामारीका बेला दैनिक मजदूरी गरेर जीविका चलाउने मजदूर, सुकुम्बारी लगायतका परिवार मर्का परेको भन्दै उनीहरुले अतिविपन्न परिवारका लागि भन्दै ८ क्विन्टल चामल र एक बोरा नुन जिल्ला प्रशासन मार्फत सहयोग गरेका हुन् ।
महामारीका बेला मानवीय संवेदनालाई मध्यनजर गर्दै आफूहरुले सो सहयोग गरेको कारागार कार्यालय कञ्चनपुरका मुख्य चौकीदार टेकराज जोशीले बताउनुभयो ।
उहाँले जेलभित्र कैदी जीवन बिताइरहेका बेला अन्य सहयोग गर्न नसकिने भएकाले आफूहरुले चार छाकको खाना कटाएर अतिविपन्न परिवारका लागि ८ क्विन्टल चामल र एक बोरा नुन किनेर सहयोग गरेको बताउनुभयो ।
उहाँले आफूहरुले सहयोग गरेको चामलले भोकै बसेका परिवारमा दश दिन भए पनि खान पुग्ने भन्दै त्यसको दुरुपयोग हुन नदिन स्थानीय प्रशासनसँग आग्रह समेत गर्नुभएको छ ।
यता, कैदीबन्दीले गरेको सहयोग बुझ्दै प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जेलभित्रबाट देखाइएको सहयोगको प्रशंसा समेत गर्नुभयो ।
उहाँले विपतका बेला कैदबन्दीले देखाएको सहयोगले धेरैमा सकारात्मक सन्देश जाने बताउदै दाताहरुले दिएको सहयोगको दूरुपयोग हुन नदिनतर्फ आफू सचेत बताउनेभयो । उहाँले कुनै परिवार भोकै बस्नुपर्ने अवस्था आएमात्रै त्यस्ता पविारलाई सहयोग वितरण गरिने आश्वासन दिनुभयो ।
कारागार कार्यालय कञ्चनपुरमा हाल क्षमताभन्दा तेब्बर संख्यामा कैदीबन्दी रहेका छन् । ७५ पुरुष र २० महिला गरी ९५ जना कैदीबन्दीको क्षमता भएको सो कारगारमा हाल २ नाबालक सहित १८ जना महिला र २ सय ९८ जना पुरुष गरी ३ सय १८ जना कैदीबन्दी रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।