काडाँघारीको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

 वैशाख २, २०७७ मंगलबार १४:१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको काडाँघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  

एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। सनसिटीमा बस्दै आएका  उनीहरुलाई र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप पुष्टिका लागि उनीहरुको नमुना राष्ट्रिय प्रयोगशाला टेकु लगिएको थियो।

दुई जनाको रिपोर्ट पोजेटिभ आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय जनाएको छ । उनीहरु गएको चैत ५ गते बेलायतबाट फर्किएका हुन् । हिजो आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलामा  पोजेटिभ देखिए पछि पीसीआर विधिबाट थप परीक्षण गरिएको हो ।

उनीहरु तीनै जना अहिले पाटन अस्पतालको आइसोलेशनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाटन अस्पतालका निर्देशक डाक्टर बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले सनसिटी अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिहरूको परिक्षण आजैदेखि सुरू गरिएको जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया