दाङमा भारतीय तरकारीको आयात रोक्न बजारमा सिलबन्दी, व्यापारीलाई क्वरेन्टीनमा पठाइयो

 वैशाख २, २०७७ मंगलबार १५:४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - भारतबाट अनाधिकृत रुपमा तरकारी तथा फलफूलको आयात गरिएको भन्दै दाङको तुलसीपुर उपमहानगरपालिका-६ मा रहेको तरकारी तथा फलफूल बजारमा सिल गरिएको छ ।   

मंगलबार बिहान गएको अनुगमन टोलीले भारतबाट अवैध रुपमा तरकारी तथा फलफूल भित्रिरहेको पाएपछि बजारमा सिल गरेको हो ।  उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ, उपभोक्ता अधिकार अनुसन्धान मञ्चलगायतको संयुक्त अनुगमनपछि अवैध रुपमा आयातित  भारतीय सामानको बिक्रीमा रोक लगाइएको छ । 

भारतीय सामान खुलेआम भित्र्याउने मनोज फ्रुट सेन्टर र सापकोटा तरकारी पसलका सञ्चालकलाई नियन्त्रणमा लिएर कोरोना क्वरेन्टीनमा पठाइएको छ । साथै उनीहरुको पसलमा पूर्ण रुपमा सिल गरिएको छ ।

कोरोना सङ्क्रमणको प्रकोप बढिरहेको समयमा पनि भारतबाट प्रक्रिया पूरा नगरी गाडी ल्याउने गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले जानकारी दिनु भयो। 

उहाँले पालिकाले सर्वपक्षीय भेला राखेर भारतबाट तरकारी ल्याउन बन्द गर्ने भन्ने निर्णय गरेपनि त्यसको अवज्ञा गरेको जानकारी दिनुभयो । गाडी चालकबाट संक्रमण हुने सम्भावनालाई मध्यनजर गरेर यस्तो कदम उठाइएको जानकारी दिनुभयो।

हरेकदिन तरकारी बजारमा ५ वटासम्म भारतीय गाडीले तरकारी ल्याउने गरेको पाइएको छ । पहिलो चरणमा  तरकारी बजार ३ दिनसम्मका लागि बन्द गरिएको छ भने दुई पसलमा पूर्णरुपमा सिल गरिएको छ ।

स्थानीय बजारमा प्रशस्त तरकारी आउने भएको भए पनि त्यसको बेवास्ता गरेर  भारतबाट तरकारी ल्याएर बिक्री गरिँदै आएको थियो । स्थानीय व्यवसायीहरुले भने स्थानीय उत्पादनले बजारको आवश्यकता पूरा नगर्ने भएकाले भारतीय तरकारी र फलफूल ल्याएको बताएका छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया