फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
सल्यान - नक्कली पास र बिरामी बनाएर यात्रु ओसार्ने एम्बुलेन्स चालकसहित चारजना सल्यानमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक दाङका ३० वर्षीय गिरीराज खत्री, २९ वर्षीय मिनराज सुवेदी, २३ वर्षीय दिपु चौधरी र १८ वर्षीय रविन चौधरी रहेका छन् ।
नक्कली पास र नक्कली बिरामी बनाएर यात्रु ओसारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनु भयो ।
सल्यानको बागचौर नगरपालिका ५ बाङ्गेलाकुरीको इलाका प्रहरी कार्यालय सिमखोली सल्यानले गएको चैत ३० गते जाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
रा १ च ५१२ नम्बरको एम्बुलेन्स मानव परोपकार तथा समाज कल्याण केनद्र दाङले सञ्चालन गर्दै आएको छ । नक्कली पास र नक्कली बिरामी ल्याएर पश्चिम रुकुमदेखि दाङको तुलसीपुरतर्फ आउँदै गर्दा पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![]() |
खाडी र मलेसियामा मंगलबारको कोरोना अपडेट : सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो, सङ्क्रमणको शंका लागेमा यी नम्बरमा फोन गर्नुहोस् |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।