फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - सरकारले घोषणा गरेको लकडाउनका कारण अधिकांश सरकारी कार्यालयहरु सुनसान देखिए पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा भने विगतको भन्दा चाप बढेको छ ।
कोरोना महामारीको कारण अत्यावश्यक सेवा बाहेकका कार्यालयहरु बन्द रहे पनि सरकारी वकिल कार्यालयमा भने विगतको भन्दा कामको चाप बढेको हो ।
पक्राउ पुर्जी जारी गर्नुपर्ने, म्याद थप, बन्दी प्रत्यक्षीकरणका मुद्दाहरुको सुनुवाई लगायतका कामहरु लकडाउनको समयमा पनि जारी रहेको सरकारी वकिल कार्यालयका सह-महान्यायधिवक्ता हरिप्रसाद रेग्मीले बताउनुभयो ।
सर्वोच्च अदालतको पूर्ण इजलासले केही समयका लागि केही सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो । गएको चैत २८ गतेबाट अभियोग पत्र लिने निर्णय लिनेसँगै अन्य सेवाहरु सुरु भए पनि म्याद थपको विषयमा वैकल्पिक व्यवस्था हुन नसक्दा २० दिनदेखि थन्किएका १ सयभन्दा बढी मुद्दाहरु एकै दिन दर्ता गर्नुपर्ने बाध्यता आइलागेको उहाँले बताउनुभयो ।
सरकारले आफूहरुले दिने सेवालाई गम्भीर रुपमा नलिएको आरोप लगाउँदै सह-न्यायधिवक्ता रेग्मीले दिनदिनै आएर काम नगरे हदम्याद जाने, व्यक्तिले न्याय नपाउने र अभियुक्त छुटेर जाने सम्भावना रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।