अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई गर्दै आएकाे आर्थिक सहयाेग राेक्ने

 वैशाख ३, २०७७ बुधबार ६:१९:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) लाई गर्दै आएको सहयोग रकम कटौती गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन आफ्नो आधारभूत कर्तव्य पूरा गर्न नसकेको भन्दै उसलाई गर्दै आएको आर्थिक सहयोग राेक्ने घोषणा गरेका हुन् । 

राष्ट्रपति भवन ह्वाइट हाउसमा भएको कार्यक्रममा ट्रम्पले आफ्नो प्रशासनलाई सङ्गठनको सहयोग राेक्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सङ्गठनले कोभिड १९ भाइरसको फैलिने क्रम रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र चिनियाँ पक्षधरता लिएको ट्रम्पको आरोप छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा देखिनासाथ नियन्त्रण गर्न सङ्गठनले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै ट्रम्पले सङ्गठन जवाफदेही बन्नैपर्नेमा जोड दिए ।

अमेरिका विश्व स्वास्थ्य सङ्गठनलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने देश हो । गएको वर्ष अमेरिकाले सङ्गठनलाई २० करोड अमेरिकी डलर सहयोग गरेको थियो । यो रकम सङ्गठनको १५ प्रतिशत बजेट बराबर हो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Purushottam Pd Sharma

    April 15, 2020, 6:40 a.m.

    China should takeover to USA. as China is as world power . Where ever US fails China should take its position.

  •  0 Reply
  • Kumar shrestha

    April 15, 2020, 6:36 a.m.

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनैतिक दाउपेच र आफ्नो कुर्सी बचाउने बहानामा कोभिड १९ लाई रोकथाम गर्न ढिलाईको कारण अमेरिकी २५००० भन्दा बढी नागरिकको मृत्यु भइ सकेको छ । आफ्नो घमण्डको कारण मान्छे मरि रहदा त्यस तर्फ काम गर्नको सट्टा गरिव देशहरुमा सहयोगमा खर्च गर्नु पर्ने रकम कट्टा गरिनु निश्चय पनि राम्रो मानिदैन । यो मानवता विरोधी हरकत मान्दछु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया