काेराेना भाइरस : सन् '१९३० काे महामन्दीपछि' विश्वका लागि 'ऐतिहासिक सङ्कट'

 वैशाख ३, २०७७ बुधबार ७:४५:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष विश्वभरका देशको अर्थव्यवस्था तीन प्रतिशतसम्मले खस्किने बताएको छ । आईएमएफले यस वर्ष सन् १९३० को ’महामन्दी’पछि विश्वभरको अर्थव्यवस्थामा दशककै सबैभन्दा खराब गिरावट हुने बताएको हो । 

कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वलाई ऐतिहासिक सकङ्टतर्फ धकेल्ने आईएमएफले जनाएको छ । 

संस्थाले कोभिड १९ को महामारी लामो समयसम्म रहिरह्यो भने सकङ्टबाट बाहिर निस्कन विश्वभरका सरकारी र केन्द्रीय बैंकहरुको क्षमताको सही परीक्षा हुनेतर्फ ध्यानाकर्षण गराएको छ । 

आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले भनिन्, ‘कोरोना सङ्कटले आउँदो दुई वर्षमा विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ९ ट्रिलियन डलर घाटा हुन्छ ।’

ऐतिहासिक लकडाउन

यद्यपि आईएमएफले विश्वको अर्थव्यवस्थामा आधारित भएको प्रकाशित गरको वर्ल्ड इकोनोमिक आउटलुकमा बेलायत, जर्मनी, जापना र अमेरिका जस्ता देशले उठाएको ठोस उपायको प्रशंसा गरेको छ । साथै संस्थाले कुनै पनि देश कोरोना भाइरसले निम्त्याउने घाटाबाट बच्न नसक्ने बताएको छ । यदि सन् २०२० को दोस्रो ६ महिनासम्मका कोरोना नियन्त्रण गर्न सके आउँदो वर्ष विश्वको विकास पाँच दशमलव आठ प्रतिशतसम्म रहने आईएमएफले जनाएको छ । 

‘सन् २०२१ मा आंशिक भरपाईको सम्भावना देखिएको छ । तर जीडीपीको दर पहिलेको भन्दा कम हुनेछ । साथै अवस्था कुन हदसम्म पुग्छ, यसमा अझै अनिश्चि देखिन्छ । विकासको यात्रामा निकै खराब नजिता आउने आँकलन गरिएको छ’, गीता गोपीनाथले भनिन् । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया