काेभिड १९ : ताइवानमा नयाँ सङ्क्रमण देखिएन

 वैशाख ३, २०७७ बुधबार ८:५८:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – ताइवानमा मङ्गलबार ३६ दिनपछि पहिलाे पटक कसैमा पनि काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण नदेखिएकाे अधिकारीहरुले जनाएका छन् । यसले काेराेना भाइरसकाे सङ्क्रमण राेकथामका लागि ताइवानकाे सुरुवाती प्रयास प्रभावकारी भएकाे देखिन्छ ।  

झण्डै दुई कराेड तीस लाख जनसङ्ख्या रहेकाे ताइवानमा अहिलेसम्म तीन सय ९३ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे छ भने ६ जनाको ज्यान गएको छ ।

'गएकाे मार्च ९ देखि पहिलाे पटक नयाँ सङ्क्रमण देखिएकाे छैन म खुसी छु । तर अझै पनि महामारी नराेकिएकाे हुँदा हामीले निरन्तर प्रयास गरिरहनु नै पर्छ तर सङ्क्रमण नदेखिनु खुसीकाे कुरा हाे', स्वास्थ्य मन्त्री चेन शीह चुङले भने ।

ताइवनले तत्काल सङ्क्रमित पत्ता लगाउन, उनीहरुलाई आइसाेलेशनमा राख्न र उनीहरुकाे सम्पर्कमा रहेकालाई सम्पर्कमा ल्याउन सझम भयाे । एसियाकै अरु देश काेराेनाकाे सङ्कटतर्फ धकेलिँदै गर्दा ताइवान भने केही सफल भएकाे छ । 

ताइवानकाे राजधानी ताइपेईकाे चर्चित ग्राण्ड हाेटलले पनि 'जेराे' लेखेर खुसी मनाएकाे छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया