फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै - नेपालमा पेट्रोलियम पदार्थको आयात घट्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवस्था हेर्दा डिजल र एलपीजी ग्यासको आयातमा कमी आएको छ ।
पेट्रोलको आयात भने केही बढेको छ । तर समग्रमा भने पेट्रोलियम पदार्थको आयात आठ अर्ब पाँच करोड रुपैयाँले घटेको छ । चैतदेखि लकडाउन भएका कारण यसको आयात झनै धेरै घट्ने अनुमान रहेको छ । डिजलको आयात झण्डै सात अर्ब रुपैयाँले घटेको छ । गएको आर्थिक वर्षको आठ महिनामा ७३ अर्ब ८३ करोड रुपैयाँको डिजल आयात भएकोमा यो आर्थिक वर्षको आठ महिनामा ६७ अर्ब तीन करोड रुपैयाँको मात्रै आयात भएको छ । यो ६ अर्ब ८० करोड रुपैयाँले कमी हो ।
यस्तै खाना पकाउने एलपीजी ग्यासको आयात पनि घटेको छ । गएको आर्थिक वर्षको पहिलो आठ महिनामा २३ अर्ब ९३ करोड रुपैयाँको ग्यास आएकोमा यो अर्थिक वर्षको आठ महिनामा २१ अर्ब ६४ करोड रुपैयाँको मात्रै आयात भएको छ । यो दुई अर्ब २९ करोड रुपैयाँले कमी हो । तर पेट्रोलको आयात भने पोहोरेको तुलनामा एक अर्ब चार करोड रुपैयाँले बढेकाे छ ।
पोहोर २२ अर्ब ९४ करोड रुपैयाँको पेट्रोल आएकोमा यो आर्थिक वर्षको पछिल्लो आठ महिनामा २४ अर्ब १८ करोडको आयात भएको छ । समग्रमा हेर्दा पोहोरको तुलनामा यो आर्थिक वर्षको पहिलो आठ महिनामा पेट्रोलियम पदार्थको आयातमा आठ अर्ब पाँच करोड रुपैयाँले कमी आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।