कोरोना भाइरस: भारतमा ११ हजारभन्दा धेरै सङ्क्रमित

 वैशाख ३, २०७७ बुधबार १२:३३:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतमा कोरोना भाइरस (कोभिड १९) बाट ११ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार चार सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अहिलेसम्म तीन सय ७७ जनाको ज्यान गएको छ । महाराष्ट्र राज्यमा मात्रै दुई हजार ६ सय ८७ जनामा कोरोना पुष्टि भएकोमा एक सय ७८ जनाको ज्यान गएको छ । यस्तै दिल्लीमा एक हजार पाँच सय ६१ जनामा कोरोना पुष्टि भएकोमा ३० जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै मङ्गलबार प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो मे ३ तारिखसम्म लकडाउनको अवधि बढाउने घोषणा गरेका छन् ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया