फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
चितवन - चितवनका देवी ज्ञवालीलाई सरकारले भूमि समस्यासम्बन्धी आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।
चैत ९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरिएको हो । भूमिसम्बन्धी ऐन आठौं संशोधन २०७६ मा भूमिको व्यवस्थापनका लागि आयोग गठन गरिने उल्लेख गरिएको छ ।
ज्ञवालीले स्थानीय तहको चुनावको बेला नेकपाका हालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालसँग भरतपुर महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्नुभएको थियो । तर मतगणना भैरहँदा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए ।
देवी ज्ञवालीले त्यति बेला निडर भएर कांग्रेस र माओवादी गठबन्धन विरुद्ध चुनाव लडेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन नै पुगेर प्रसंशा गर्नुभएको थियो । पार्टी एक भएपछि पार्टीले देवी ज्ञवालीको उच्च मूल्यांकन गरेको प्रचण्डले बताउनुभएको थियो ।
आयोगका सदस्यहरुमा पोखराका भिमबहादुर कार्की, सिन्धुपाल्चोकका,जगत देउजा, ललितपुरकी मञ्जली शाक्य र बाँकेका दिनेशचन्द्र यादव नियुक्त हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गणेश ढकाल
April 15, 2020, 6:06 p.m.सुकुम्बासि अब्यबस्थित भनेर बितरण गरपएकाे जग्गाकाे छिटाे समाधान गरियाेस।ताे सेताे पुर्जालाई राताे पुर्जा प्रदान गरियाेस।जनता मारमा परेका छन।