कोरोना भाइरस : विश्वमा भइरहेका सैन्य सङ्घर्ष रोक्न माग

 वैशाख ४, २०७७ बिहीबार ७:१३:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण २० लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । 

अमेरिकामा मात्र कोरोना भाइरसबाट ६ लाख २० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । भाइरसको सङ्क्रमणबाट सबैभन्दा धेरै अमेरिकामा २७ हजार सात सयभन्दा धेरैले ज्यान गुमाएका छन् । 

यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुयल माक्रोनले एक अन्तवार्तामा संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरसको अपिलको समर्थन गरेका छन् । फ्रान्सका राष्ट्रपति माक्रोनले कोरोना भाइरसको महामारी रोक्नका लागि विश्वभरमा भइरहेको सबै सैन्य सङ्घर्ष रोक्नुपर्ने बताएका छन् । 

संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्का सबै पाँच देशले यो अपिलको समर्थन गर्नुपर्नेमा माक्रोनले जोड दिएका छन् । फ्रान्समा कोरोनाको सङ्क्रमणबाट १७ हजार एक सयभन्दा धेरैको ज्यान गएको छ । 

यसअघि पनि राष्ट्र सङ्घले पटक पटक विश्वमा भइरहेका युद्ध तत्काल राेक्न माग गर्दै आएकाे छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया