बिहीबार बिहानै 'लकडाउन' उल्लङ्घन गर्ने ६ सयभन्दा धेरैलाई ‘होल्ड’

 वैशाख ४, २०७७ बिहीबार ८:३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाबाट बिहीबार बिहानै लकडाउन उल्लङ्घन गर्ने ६ सयभन्दा धेरैलाई प्रहरीले होल्ड गरेको छ । बिहान ७ बजेसम्ममा काठमाण्डौबाट पाँच सय ३६ जना, ललितपुरबाट ८८ जना र भक्तपुरबाट १४ जनालाई होल्ड गरिएको प्रहरीले जनाएको छ । 

लकडाउनका बेला अत्यावश्यक बाहेकका कामका लागि निस्कन नपाइने भएकाले उनीहरुलाई होल्ड गरिएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा अत्यावश्यक कामका लागि निस्किएको पाइए छाड्ने पनि गरिएको छ । 

यस्तै उपत्यकाबाट ४४ वटा गाडी पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले भक्तपुरबाट १८, काठमाण्डौबाट १६ र ललितपुरबाट १० वटा गाडी नियन्त्रण लिएको छ । नियन्त्रणमा लिइएको गाडी बेलुकीमात्रै छाडिनेछ ।

कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सरकारले आउँदो वैशाख १५ सम्म देशव्यापी लकडाउनको घोषणा गरेको छ । लकडाउनका बेला घरमै बस्न र अनावश्यक बाहिर ननिस्कन सरकारले आग्रह गर्दै आइरहेको छ । 
 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया