तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकाेप्रति ध्यानाकर्षण

 वैशाख ४, २०७७ बिहीबार ८:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा ध्यानाकर्षण भएको राष्ट्रिय आवासीय चिकित्सक सङ्घले जनाएको छ ।

काठमाण्डाैकाे महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा सङ्घले आपत्ति जनाएको हो ।

सङ्घले ती डाक्टरले परिचय पत्र देखाएको र आफूहरु अस्पतालबाट फर्किएको जानकारी गराउँदा पनि प्रहरीले लाठीचार्जसँगै गाली गरेको भन्दै ती प्रहरीलाई कारबाहीकाे माग गरेको छ । उनीहरुलाई कारबाहीकाे दायरामा नल्याए कडा कदम चाल्न बाध्य हुने पनि सङ्घले जनाएको छ ।

यसैबीच महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले डाक्टर कुटिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।

समितिले सकेसम्म छिट्टै यथार्थ बुझेर प्रतिवेदन पेस गर्ने एक जना सदस्यले उज्यालोलाई जानकारी दिए । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया