काेराेना भाइरस : एसियाली देशकाे विकास दर ६० वर्षयताकै कम हुने अन्तर्राष्ट्रिय मुद्रा काेषकाे प्रक्षेपण

 वैशाख ४, २०७७ बिहीबार ९:५५:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष एसियाली देशको विकास रोकिने भन्दै चिन्ता व्यक्त गरेको छ । ६० वर्षयता पहिलो पटक यो वर्ष एसियाली देशको विकास दर शून्यमा झर्ने भन्दै आईएमएफले चिन्ता व्यक्त गरेको हो ।

आईएमएफका अनुसार विश्वमा ४ दशमलव ७ प्रतिशत विकास दर हुँदा एसियाली देशको विकास दर भने १ दशमलव ३ प्रतिशतभन्दा पनि कम हुनेछ । तर कोरोना भाइरस रोक्ने नीति प्रभावकारी भए सन् २०२१ मा एसियाली देशको विकास दर बढ्ने आईएमएफले जनाएको छ ।

विश्व बैंकले दक्षिण एसियाली देशले ४० वर्षयताकै खराब आर्थिक सङ्कट खेपिरहेको चेतावनी दिएकाे एक दिनपछि आईएमएफको प्रक्षेपण सार्वजनिक भएको हो । 

विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) का कारण अहिले विश्वकै अर्थव्यवस्था ओरालाे लागेकाे छ । केही दिनअघि मात्र आईएमएफले काेराेना भाइरसकाे महामारी विश्वकै लागि सन् १९३० काे महामन्दीपछि ऐतिहासिक सङ्कट भएकाे बताएकाे थियाे । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया