पहिलाे हाफमा नेपाल र म्यानमारबीच २–२ गाेलकाे बराबरी
फागुन ११, २०८१ आइतबार
बाँके - नेपालगञ्जको जयरपुरमा रहेको दशगजा नजिकै क्वरेण्टीनमा रहेका १८१ जनामध्ये १६६ जनामा गरिएको र्यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाको समन्वयमा बिहीबार बिहान भएको र्यापिड डायग्नोस्टिक टेष्ट(आरडीटी) परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबदुर चन्दले जानकारी दिनुभयो ।
क्वरेण्टीनमा १८१ जना बसेकोमा बिहीबार १६६ जनाको आरडीटी भएको हो । १५ जनाको पहिले नै पीसीआर जाँच भइसकेको छ । यसैगरी नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वरेण्टीनमा बसेका २४ जनामध्ये ६ जनाको पनि बिहीबार नै आरडीटी हुने भएको छ ।
क्वरेण्टीनमा बसेकाहरुले उत्कृष्ट व्यवस्थापन गरेकोमा उपमहानगरपालिका र उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा लगायतलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
![]() |
खाडी र मलेसियामा बिहीबारकाे काेराेना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ५२ पुग्यो, ५ निकाे भए, ४७ जना अस्पतालमा |
उप–महानगरपालिकाका प्रमुख डा. राणाले क्वरेण्टीनमा बसेका सबैको परीक्षणमा नेगेटिभ आएपछि जिल्ला प्रशासनको समन्वयमा सम्बद्ध जिल्लासम्म बसमार्फत पठाउन लागिएको जानकारी दिनुभयो ।
उहाँले क्वरेण्टीनमा बसुन्जेल उपमहानगरपालिकाले सकेसम्म राम्रो बव्यवस्थापन गर्ने प्रयास गरेकोमा सहयोगका लागि आभार प्रकट गर्नुभयो । परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका सहित प्रदेश स्वास्थ्य निर्देशनालय, भेरी अस्पताल , शिक्षण अस्पताल र स्वास्थ्य कार्यालयका प्राविधिक खटिएका थिए ।
क्वरेण्टीनमा बसेकाहरुको रिपोर्ट नेगेटिभ आएपनि घरमा पुगेर सेल्फ क्वरेण्टीनमा बस्दै सतर्कता अपनाउन सुझाव दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।