डाक्टरमाथि कुटपिटसम्बन्धी घटना छानबिन गर्न समिति गठन : डीएसपी उमेश लम्साल जिम्मेवारीबाट हटाइए

 वैशाख ४, २०७७ बिहीबार १४:४३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौको त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ  ।

बुधबार राति डाक्टर शम्भु खनाल, डाक्टर तेजप्रकाश साह र डाक्टर विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार र कुटपिटसमेत भएको भनिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सहभागी छानबिन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।  

कार्यालयले बिहीबार एक विज्ञप्ति निकालेर घटनामा संलग्न रहेको आरोप लागेका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाइको छ । यस्तै, अन्य संलग्न प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान थालिएको विज्ञप्तिमा भनिएको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया