नतिजा आएको सात वर्षपछि त्रिविका कर्मचारीको परिक्षफल रद्द
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा आज सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भएको भिडियो कन्फरेन्स्मा कक्षा ११ को नियमित भर्ना साउन–भदौ महिनामा हुँदै आएकामा तत्काल एसइई परीक्षा नहुँदा आत्तिनुपर्ने स्थिति नभएको तर यसलाई कसरी व्यवस्थित सञ्चालन गर्ने भन्ने विकल्पमा तयारी गर्नुपर्ने सुझावहरु प्राप्त भएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार उक्त अनौपचारिक छलफलमा लकडाउन खुलेको केही हप्तापछि मात्रै परीक्षा सञ्चालन गर्न वा केही अनिवार्य विषयमा परीक्षा लिएर बाँकी ऐच्छिक विषयलाई विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको औसत आधारमा जोडेर ग्रेड निर्धारण गराउन वा सबै विषयलाई विद्यालयले सञ्चालन गरेको पूर्व बोर्ड परीक्षा वा आन्तरिक मूल्याङ्कनलाई आधारमा मानेर ग्रेड दिन सकिने सुझाहरु दिइएको छ ।
कतिपय प्रदेशका मन्त्रीले सम्बन्धित विद्यालयमै प्रश्नपत्र पठाएर वा पूर्व निर्धारित परीक्षा केन्द्रलाई पुनः वितरण गरी डेरामा बस्न जान नपर्ने गरी नजिकमा केन्द्र राखेर परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिनुभएको थियो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीले भने हाल आफ्नो प्रदेशमा कोरोना भाइरसको जोखिम बढिरहेकाले परीक्षाबारे तत्काल सोच्न नसकिने जनाउनुभएको थियो ।
खाडी र मलेसियामा बिहीबारकाे काेराेना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ५२ पुग्यो, ५ निकाे भए, ४७ जना अस्पतालमा |
छलफलमा सहभागी राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले मन्त्रीहरुका सुझाव र आगामी दिनको वस्तुस्थिति हेरेर सरकारसँग समन्वय गरी बोर्डले परीक्षाबारे उचित निर्णय गर्ने राससलाई बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले कुनै निर्णय भएको छैन । विभिन्न विकल्प आएका छन् । हामी ती सबैको अध्ययन गर्नेछौँ ।’ परीक्षा सञ्चालनका विकल्पबारे विभिन्न विज्ञ र सरोकार भएकाहरुबाट सुझावहरु आइरहेको छ ।
गत चैत ६ गतेदेखि १७ गते सम्म हुने गरी सञ्चालनका लागि सबै तयारी पूरा भएपनि भाइरसको जोखिमका कारण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत ५ गते साँझ निर्णय गरी परीक्षा स्थगन गराएको थियो । सो परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।
बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि लकडाउनका कारण स्थगन गरेको थियो । विश्वविद्यालयहरुका परीक्षा पनि स्थगन गरिएका छन् ।
मन्त्री पोखरेल र प्रदेशमन्त्रीहरुबीच नयाँ शैक्षिक सुरु भए पनि विद्यालय खुल्नसक्ने स्थिति नभएकाले अनलाइन प्रविधिको वैकल्पिक माध्यमबाट कसरी शिक्षण गर्न सकिन्छ भन्नेबारेमा पनि छलफल भएको थियो ।
प्रदेशगत शैक्षिक र सामाजिक समस्याका बारेमा पनि उहाँहरुबीच विचार विमर्श भएको थियो । उहाँहरुबीच आगामी आर्थिक वर्षको शिक्षाको नीति तथा कार्यक्रबारे पनि छलफल भएको थियो ।
मन्त्रालयले वैकल्पिक विधिको भर्चुअल शिक्षा सञ्चालनका लागि सुझाव दिन काठमाण्डौ विश्वविद्यालयका उपकुलपतिको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
हरिनारायण पटेल
April 16, 2020, 7:47 p.m.अहिले त देश सङ्खतमा छ परिक्षा भन्दा अमुल्य छ यो देश छ
Poshan
April 16, 2020, 7:27 p.m.विद्यार्थीको हाल के छ बुझाै। सरकारले परिक्षालाई होइन विद्यार्थीको अवस्थालाई फोकस गर्न जरुरी छ। कक्षा ११ को परिक्षा नगर्दा नी हुन्छ। विद्यार्थीले तब परीक्षा देलान् जब सुन्य रिक्स होला। पहिला ज्यान त्यसपछि हो पढाइ।