हेटौंडामा र्‍यापिड टेष्ट : चार जनाको रिपोर्ट 'पोजेटिभ'

 वैशाख ४, २०७७ बिहीबार १९:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - हेटौंडा उपमहानगरपालिकामा (कोभिड-१९) को र्‍यापिड टेष्ट गर्दा चार जनाको रिपोर्टमा पोजेटिभ नतिजा देखिएको छ । 

उप-महानगरपालिकाले बिहीबारदेखि सुरु गरेको र्‍यापिड टेष्ट (आरडीटी) विधिबाट कोरोना सङ्क्रमण परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएको हो । 

विदेशबाट फर्किएका हेटौंडा–४ मा बसोवास गर्दै आएका छन् । उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको छ ।  

पोजेटिभ रिपोर्ट देखिनेमा तीनजना पुरुष र एकजना महिला रहेका छन । ल्याब टेष्टको अन्तिम रिपोर्ट प्राप्त भएपछि मात्र उनीहरुमा कोरोना भए नभएको पुष्टि हुने  स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया