फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - बिरामी ओसार-पसार गर्न रेडक्रस सोसाइटीसँग भएको र एक सय शय्या भएका निजी अस्पतालका एम्बुलेन्सलाई समेत केन्द्रीय नेटवर्कमा जोड्ने निर्णय भएको छ ।
यी एम्बुलेन्सको सेवाका लागि १०२ नम्बरमा फोन गर्न सकिने छ । आपूर्ति व्यवस्थापनबारे हरेक बिहीबार दिउँसो २ बजेदेखि ३ बजेसम्म बैठक बस्ने निर्णय पनि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयसहित विपद् व्यवस्थापन, प्रदेशका सम्बन्धित मन्त्रालयसँग सहकार्य गर्न बैठक बस्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यस्तै, सरकारी तथा निजी प्रयोगशालामा कार्यरत प्राविधिकलाई कोभिड-१९ को परीक्षण गर्नेबारे अभिमुखीकरण गरिएको छ । प्रदेशमा जनशक्ति र परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले ११ औं तहका कर्मचारीको संयोजकत्वमा डाक्टर तथा स्वास्थ्यकर्मी खटाइएको पनि मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले प्रदेशमा भएका स्वास्थ्य संस्था, जनशक्ति र एम्बुलेन्सकाबारेमा अभिलेख राख्न सबै प्रदेशलाई निर्देशन दिएको छ ।
विदेशबाट आएका व्यक्तिलाई अनिवार्य क्वरेन्टीनमा राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।