१ सय ८९ प्रकारका औषधीको खरिद प्रक्रिया सुरु

 वैशाख ४, २०७७ बिहीबार १८:९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले सबै फार्मेसी सञ्चालन गर्ने तयारी गरेको छ । 

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले १ सय ८९ प्रकारका औषधी खरिदको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

 उपलब्ध औषधी, सूचना र सरकारले दिएको जानकारीलाई मात्र विश्वास गर्न उहाँको आग्रह छ । 

संकटका बेला सरकारबाहेक केही व्यक्तिले गुणस्तरहीन औषधी बिक्री गर्न सक्ने भएकाले सचेत हुन पनि विभागले आग्रह गरेको छ । औषधीका बारेमा केही समस्या भए औषधी व्यवस्था विभागमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया