काेराेना भाइरस : सङ्क्रमित बिरामीमध्ये उच्च जाेखिममा निकै कम

 वैशाख ५, २०७७ शुक्रबार ६:२२:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) ले विश्वव्यापी रूप लिँदै जाँदा संसारभरिका मानिस यसको सङ्क्रमण आफूलाई पनि होला भन्ने आशङ्काले भयग्रस्त हुनु स्वाभाविक हो ।

कोरोनाको अहिलेसम्म औषधि र खोप दुवै पत्ता लागिसकेको छैन । औषधि वा खोप पत्ता नलागेको अवस्थामा सङ्क्रमित भएर ज्यान नै जोखिममा कसले पारोस् ? तर कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढिरहे पनि उच्च जोखिममा रहेकाहरूको सङ्ख्या भने एकदम कम रहेको देखिएको छ ।

विश्वभर सङ्क्रमितहरूको सङ्ख्या २१ लाख ५९ हजारभन्दा धेरै छ, जसमध्ये गम्भीर बिरामी परेकाहरूको सङ्ख्या ५६ हजार ५ सय ७७ मात्र छ । यो सङ्ख्या उपचार गराइरहेका १४ लाख ८७ हजार सात सय ५२ जनाको चार प्रतिशत मात्रै हो । बाँकी १४ लाख ३१ हजार एक लाख ७५ जनालाई भने कोरोना भए पनि अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ ।

विश्वका दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २१ लाख ७९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ४६ हजार सात सय ४३ जना निको भएका छन् । एक लाख ४५ हजार जनाको भने ज्यान गएको छ ।

गएको २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार ९ सय ३६ जनाको ज्यान गएको छ भने ९३ हजार पाँच सयभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।

थप दुई हजार एक सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ३४ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । ६ लाख ७७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा २२ हजारभन्दा धेरै, स्पेनमा १९ हजारभन्दा धेरै, फ्रान्समा १७ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय ४८ पुगेको छ भने १३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया