काेराेनाकाे विषयमा मतभेद, ब्राजिलका राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरे

 वैशाख ५, २०७७ शुक्रबार ७:५७:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले स्वास्थ्य मन्त्री लुइज ह्यानरिक मनडेटालाई बर्खास्त गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन लागू गरिएको लकडाउन खोल्ने विषयमा मतभेद भएपछि राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्री मनडेटालाई नै बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

स्वास्थ्य मन्त्री मनडेटा लकडाउन अझै कायम राख्नुपर्ने पक्षमा छन् । तर लकडाउनले अर्थतन्त्रमा असर पर्ने भन्दै राष्ट्रपति बोलसोनारोले बिना कुनै डर मानिसलाई काममा फर्कनुपर्नेमा जोड दिँदै आएका छन् । यसअघि राष्ट्रपति बोलसोनारोले कोरोना भाइरसलाई सामान्य फ्लुको संज्ञा दिएका छन् । 

स्वास्थ्य मन्त्री मनडेटाले सामाजिक सञ्जाल ट्विटरमा आफू बर्खास्त भएको जानकारी दिँदै समयमै सम्हालिन आवश्यक रहेको बताएका छन् । राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेको खबर सार्वजनिक भएलगत्तै सर्वसाधारणले आफ्नो घरको बार्दलीमा निस्किएर भाँडा बजाएर राष्ट्रपतिको निर्णयको विरोध गरेका छन् । 

ब्राजिलमा अहिलेसम्म ३० हजारभन्दा धेरैमा सङ्क्रमण भएको तथा १९ सयभन्दा धेरैको ज्यान गएको जोन हप्किन्स् युनिभर्सिटीले जनाएको छ । स्वास्थ्य मन्त्री मनडेटाले आइतबार एक टेलिभिजन अन्तर्वार्तामा भाइरस फैलिन नदिन सरकार एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनको यो अभिव्यक्तिलाई राष्ट्रपतिको आलोचनाको रुपमा हेरिएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया