फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
पाल्पा - स्याङ्जाको कालीगण्डकी जलबिद्युत आयोजनाको बेलटारीमा काम गर्ने दाङका ३५ जना मजदूरहरु पैदलै घर हिँडेका छन् ।
दंगीसरण गाउँपालिका वडा नम्बर ७ का मजदूरहरु बिहीबार बिहानै बेलटारीबाट हिँडेर शुक्रबार बिहान पाल्पाको बगनासकाली आइपुगेका थिए ।
बगनासकालीको यम्घा, खानीगाउँको रानीघाट दरबार हुँदै अर्गलीको बाटो लागेका उनीहरु अर्घाखाँचीबाट पाँच दिनमा दाङ पुग्ने मजदूरका नाइके सन्त बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
बेलटारीमा रहँदा खान बस्नसमेत समस्या भएपछि बाध्य भएर घर हिँडेको नाइके बुढाथोकीको भनाइ छ । घर फर्किन गाउँपालिका, वडाध्यक्ष र जिल्लामा टेलिफोनबाट समस्या राखे पनि कसैले वास्ता नगरेपछि बाध्य भएर पैदलै घर हिँडेको समूहका अर्का मजदूर विशाल बुढाले बताउनुभयो । ३५ मजदूरमध्ये केही वृद्धवृद्धा र केही बालबालिकासमेत छन् ।
दिनरात पैदल हिँड्दा दर्जनौं ठाउँका गाउँलेहरुले रोके पनि समस्या बताएपछि छोडेको र धेरै ठाउँमा कुकुरले लखेटेको बुढाले दुखेसो गर्नुभयो । बाटोमा खान दुई चार किलो चिउरा र चाउचाउ मात्रै रहेको उनीहरुले दुखेसो पोखे ।
‘बेलटारीमा बस्दा दाउरा खोज्न, पानीको प्रयोग गर्न स्थानीयले दिएनन्, काम गरेको पैसा पाउन छोडियो, खानेकुरा सकियो’, मजदुरका नाइके सन्त बहादुरले भन्नुभयो, ‘मर्नुभन्दा बहुलाउनु निको भन्दै घर हिँडियो ।’
विशाल बुढा भन्नुहुन्छ, ‘कसैको घर पस्दैनौँ, गाँउ छिर्देनौँ, बाटैबाटो हिँडेका छौँ, जे छ त्यही खान्छौँ, कसैले रोके समस्या बताउँछौ र हिँड्छौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।