कीर्तिपुर नगरपालिकाद्वारा विद्यार्थीलाई राहत वितरण

 वैशाख ५, २०७७ शुक्रबार १५:३१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कीर्तिपुर नगरपालिकाले कीर्तिपुर विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ । 

नगरपालिकाले शुक्रबार कीर्तिपुर विश्वविद्यालयका करिब ५ सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो । 

लकडाउनमा विद्यार्थीहरुलाई खाद्यसामग्री अभाव नहोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको नगरपालिकाका ९ का अध्यक्ष एवं कीर्तिपुर नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक गंगाराम महर्जनले बताउनुभयो । 

उहाँले कीर्तिपुरमा बसोबास गर्ने स्थानीय बासिन्दा र विद्यार्थीहरु सबैको आँकडा आउने क्रममा नै रहेको जानकारी दिँदै समस्या परेकालाई राहत उपलब्ध गराउने उहाँले बताउनुभयो ।

त्रिभुवन विश्व विद्यालयका प्राचार्य कृष्णप्रसाद आचार्यले सबै विद्यार्थीलाई राहत पुगोस् भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा राहत वितरण गरिएको बताउनुभयो ।

उहाँले विश्वविद्यालयमा अध्यनरत झन्डै ५ सय जनाले राहत पाएको बताउनुभयो । नगरपालिकाले विद्यार्थीहरुलाई १० किलो चामल, दाल, तेल, नुन, आलु लगायतका खाद्य सामग्रीहरु उपलब्ध गराएको छ । 

कीर्तिपुर नगरपालिकामा बसोबास गर्ने जुनसुकै विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई समस्या भए खाद्यान्न उपलब्ध गराउने नीति लिएकाले समस्या भए सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया