डिभिजन वन कार्यालय गाईघाटको वन क्षेत्र प्रवेशमा रोक

 वैशाख ५, २०७७ शुक्रबार १६:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर - लकडाउनको मौका छोपी वन पैदवार र वन्यजन्तु चोरी, सिकारी तथा डढेलो जस्ता अपराधिक कार्य हुनसक्ने भन्दै शुक्रबारदेखि उदयपुरको वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ । 

वन्यजन्तु तथा वन पेैदावारको क्षति हुन नदिन डिभिजन वन कार्यालय गाईघाट उदयपुरको वन क्षेत्र वन ऐन २०७६ को दफा ९ बमोजिम प्रवेशमा रोक लगाइएको हो । 

डिभिजन वन कार्यालय अन्र्तगतका राष्ट्रिय, सामुदायिक, कबुलियती, धार्मिक लगायत सबै किसिमका वन क्षेत्रभित्र प्रवेश रोक लगाइएको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ । 

वन संरक्षणको कुनै काम परे डिभिजन वन कार्यालयको अनुमति लिनु पर्ने डिभिजन वन अधिकृत अम्बिकाप्रसाद पौडेलले बताउनुभयो । वन क्षेत्र प्रवेश रोकको अवज्ञा गरे वन ऐन ४०७६ को दफा ५०(१)को ख बमोजिम कारबाही हुने सूचना अधिकारी जगेश्वर साहले बताउनुभयो । उक्त दफामा एक महिनासम्म कैद वा हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको सूचना अधिकारी साहले बताउनुभयो । 

सामुदायिक वन क्षेत्रमा रहेका उपभोक्तालाई घाँस, दाउरा जस्ता अत्यावश्यक बस्तुको आवश्यकता परे सामुदायिक वनले अनुमति पत्र व्यवस्थापन गरी उक्त कार्य गर्न सकिने सुचना अधिकृत शाहले बताउनुभयो । 

उहाँका अनुसार, यो समय चोरी निकासी बढी हुने भएकाले वन पैदवार तथा बन्य जन्तु जोगाउनका लागि आम नागरिकको भूमिका अपरिहार्य हुनेछ” ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया