पहिलाे हाफमा नेपाल र म्यानमारबीच २–२ गाेलकाे बराबरी
फागुन ११, २०८१ आइतबार
भक्तपुर - कोरोना भाइरस सङ्क्रमणको आशंकामा परीक्षण गरिएका भक्तपुरका ३ सय ४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना सङ्क्रमण फैलिएका देशबाट स्वदेश फर्केकासहित भक्तपुरका ४५७ जनाको कोरोना परीक्षणमा १६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।
भक्तपुर अस्पतालले आज एकैदिन विदेशबाट फर्किएका ४९ जनाको कोभिड-१९ परीक्षण गरेकोमा सबैको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
आठ जनाको स्वाब नमुना संकलन गरी टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभयो । डा. गौतमले १ जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको जानकारी दिनुभयो ।
अस्पतालले आइसोलेसन वार्डलाई बढाएर २१ शय्याको आइसोलेसन वार्डको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।