'लकडाउन' अझै कडा बनाउन प्रम ओलीको निर्देशन : हिँडरै गाउँ जानेका लागि खानाको व्यवस्था मिलाउन आग्रह

 वैशाख ५, २०७७ शुक्रबार २१:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले 'लकडाउन'लाई अझै कडाइ गर्न निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर लकडाउनलाई अझै कडाइ गर्न निर्देशन दिनुभएको हो ।

उहाँले जोखिम बढ्दै गएकाले हिँडेरै गाउँघर जान लागेकालाई त्यहीँ रोकेर खानेबस्ने व्यवस्था मिलाउन तथा यस्तो महामारीको बेला उदारता नदेखाउन पनि निर्देशन दिनुभएको छ ।  बैठकमा मन्त्रीसहित सुरक्षा निकायका सबै प्रमुखहरुको सहभागित थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा कोरोना भाइरस सङ्क्रमणविरूद्द जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया