प्यूठानका मजदूरलाई गुल्मीको धुर्कोट गाउँपालिकाले उद्धार गर्यो

 वैशाख ६, २०७७ शनिबार १२:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - प्यूठानका १६ जना मजदूरलाई गुल्मीको धुर्कोट गाउँपालिकाले उद्दार गरेर घर पठाएको छ ।

पर्वतको रानीपानीमा  खानेपानी आयोजनामा काम गर्ने १३ जना मजदूर हिँड्दै घर जान भनेर गुल्मीको धुर्कोट पुगेका थिए । ३ दिन हिँडेर शुक्रबार साँझ धुर्कोट पुगेका उनीहरुलाई खाना र बासको व्यवस्था गरिएको र शनिबार बिहानै जीपमार्फत घर पुर्याइदिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।

‘हामीले उहाँहरुलाई हिजो राति खाना र बास दियौँ, बिहान पनि खाजा खुवाएर जीपमाफर्त प्यूठानको प्यूठान नगरपालिकामा पुर्याइदिँयौं, उहाँहरु निकै खुशी भएर जानुभयो’, पोख्रेलले भन्नुभयो । 

उद्धार गरिएका मजदूरमध्ये ३ जना प्युठान नगरपालिका वडा नम्बर ५ का र १३ जना वडा नम्बर ६ का रहेका छन् ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया