पहिलाे हाफमा नेपाल र म्यानमारबीच २–२ गाेलकाे बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - राष्ट्रिय एचआईभी-एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी सङ्क्रमित १२ वर्षमुनिका बालबालिकालाई दुईमहिनाको लागि राहत वितरण गर्ने भएको छ ।
जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका देशभरका ६ सय ६८ बालबालिकालाई राहत वितरण गरिने महासंघले जनाएको छ । महासंघले प्रतिमहिना ८ किलो चामल, १ किलो दाल, १ किलो गेडागुडी, १० वटा अण्डा, १ किलो गहुँको पीठो, १ किलो चिनी राहत स्वरुप प्रदान गरिने एनएपीएनका अध्यक्ष राजेश दिदियाले जानकारी दिनुभयो ।
यसैगरी दूध दुई लिटर, फलफूल एक किलो र खाने तेल एक लिटर वितरण गरिनेछ । उक्त राहतसँगै यातायात खर्चबापत ८० रुपैयाँसमेत प्रदान गरिने उहाँले जानकारी दिनुभयो । महासंघको खर्च नहुने र भैपरी आउने बजेटबाट रकम छुट्याएर २ वर्षमुनिका ६ सय बालबालिकालाई राहत वितरण गरिने उहाँले बताउनुभयो ।
एचआईभी सङ्क्रमित ४५ वर्षमाथिका ७ सय ३२ जनालाई पनि बालबालिका सरह दुई महिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण सहयोग गरिने भएको छ । अभिभावक गुमाएका अति गरिब तथा विपन्न १२ वर्षमुनिका बालबालिका र ४५ वर्षमाथिका सङ्क्रमितहरुलाई एनएपीएनमा आवद्ध ५९ वटा समुदायमा आधारित गैरसरकारी संघसंस्थाले बालबालिकालगायतलाई उक्त राहत वितरण गर्नेछन् ।
नेपालमा १६ वर्षमुनिका एकहजार तीनसय ४५ जना बालबालिका एचआईभी सङ्क्रमित रहेका छन् । जसमा सात सय ३० बालक र ६ सय १५ बालिका रहेका छन् । उनीहरुमा पनि एक अभिभावक गुमाएका बालबालिकाको संख्या पाँचसय पचास रहेको अध्यक्ष दिदियाले जानकारी दिनुभयो । एकसय ९१ बालबालिकाका दुवै अभिभावक छैनन् ।
एनएपीएनको तथ्यांकअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी तीनसय दश बालबालिका एचआईभी सङ्क्रमित रहेका छन् । त्यस्तै प्रदेश ५ मा दुई सय ९२, बागमती प्रदेशमा दुई सय ७४, प्रदेश २ मा एकसय ७२, गण्डकी प्रदेशमा एकसय ४८, प्रदेश १ मा ९७ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५२ जना एचआईभी सङ्क्रमित बालबालिका छन् ।
सरकारले ग्लोबल फण्डमार्फत एचआईभी सङ्क्रमित बालबालिकालाई प्रत्येक महिना एकएक हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ । एनएपीएनले घरदैलो गरी कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले गरेको लकडाउनको समयमा घरदैलोमार्फत देशभरका एचआईभी सङ्क्रमितको हातहातमा एआरभी औषधि पुर्याउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।