काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा हल्का हुस्सु
मंसिर ११, २०८१ मंगलबार
सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले निमोनियका सिकिस्त बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् ।
निमोनियाको कारण सिकिस्त भएका इन्द्रावती गाउँपालिका–७, पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् ।
गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । बिरामी रोक्काले अर्बुदरोगका कारण एउटा हात पनि गुमाइसकेका थिए । एम्बुलेन्स चालकले बिरामीलाई अस्पताल लैजान नमानेको इन्द्रावती गाउँपालिका–७ का वडा सदस्य तिलक रोक्काले बताउनुभयो ।
गाउँपालिकाले तीन वटा एम्बुलेन्स चालकलाई नै आवश्यक स्वास्थ सामग्री उपलब्ध गराउँदासमेत एम्बुलेन्स चालकले बिरामी लैजान नमानेको उहाँले बताउनुभयो । इन्द्रावती गाउँपालिकाका प्रमुख बंशलाल तामाङले भिमटारका एम्बुलेन्सले नमानेपछि नवलपुरबाट बिरामीलाई बोक्न एम्बुलेन्स पठाएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।