काेभिड १९ : स्पेनमा २० हजारभन्दा धेरैकाे ज्यान गयाे

 वैशाख ६, २०७७ शनिबार १९:३२:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – स्पेन सरकारका अनुसार कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण स्पेनमा २० हजारभन्दा धेरैको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणका कारण २० हजार ४३ जनाको ज्यान गएको छ । 

पछिल्लो २४ घण्टामा पाँच सय ६५ जनाको ज्यान गएको छ । अमेरिका र इटलीपछि स्पेनमा सबैभन्दा धेरैको ज्यान गएको छ । एक लाख ९१ हजार सात सयभन्दा बढी सङ्क्रमित भएका छन् । सङ्क्रमणका हिसाबले स्पेन दोस्रो नम्बरमा छ । 

कोरोनाको सङ्क्रमणका कारण अमेरिकामा सबैभन्दा धेरै ३७ हजारभन्दा धेरैको ज्यान गएको छ, सात लाख १० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।

अमेरिकापछि इटलीमा सबैभन्दा धेरै २२ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ भने एक लाख ७२ हजार चार सयभन्दा धेरै सङ्क्रमित भएका छन् । 

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोनाको सङ्क्रमण फैलिँदा विश्वभर २२ लाख ६९ हजार आठ सयभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमणबाट एक लाख ५५ हजारभन्दा धेरैको ज्यान गएको छ भने पाँच लाख ८२ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । 

 यो पनि पढ्नुहोस्

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया