काठमाण्डौ महानगरपालिकामा ४ सय ६४ जनाको काेराेना परीक्षण रिपाेर्ट 'नेगेटिभ'

 वैशाख ६, २०७७ शनिबार २१:१:५६ | रासस
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले पछिल्लो समय गरेको चार सय ६४ जनाकै काेराेना परीक्षण (काेभिड १९) परीक्षण नतिजा सङ्क्रमणरहित रहेको जनाएको छ । महानगरले गएको बुधबारदेखि परीक्षण सुरु गरेको हो ।

विदेशबाट फर्किएर महानगरपालिकाभित्र बसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको र्‍यापिड डायग्नाेस्टिक टेस्टमार्फत नतिजा पत्ता लगाइएको हो । 

काठमाण्डौको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जनाकाे सम्पर्कमा पुगेका र महानगरका वडा नम्बर ५, ४, १८, १९, २०, २१, २२, २३, २४, २९, ९, १०, ३१ र ३२ मा परीक्षण गरिसकिएको छ । 

अब बाँकी रहेका वडामा पनि नियमित परीक्षण गर्ने महानगरको शहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणकार्यसँगै विदेशबाट आएकाको पनि तथ्याङ्क लिने काम भइरहेको छ ।

त्यसैगरी महानगर प्रमुख विद्यासुन्दर शाक्यले पनि पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर गएको फागुन १८ गतेपछि विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका महानगरवासीको विवरण सङ्कलन गर्ने जानकारी दिनुभयो । 

‘अहिले हामीले पहिलो प्राथमिकता विदेशबाट आएर महानगरभित्र बसोवास गर्ने र उहाँहरुको सम्पर्कमा आएकालाई दिएका छौँ', उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया