अमेरिका–क्यानडा सिमाना थप एक महिनाका लागि बन्द

 वैशाख ७, २०७७ आइतबार ६:४२:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँग जोडिएको सिमाना थप ३० दिनका लागि बन्द रहने बताएका छन् । यो अवधिमा कुनै पनि अनावश्यक यात्रा पनि बन्द रहने छ । 

कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहँदा दुवै देशबीच यसअघि नै अनावश्यक यात्रामा प्रतिबन्ध लगाइएको थियो र यो प्रतिबन्ध आउँदो मङ्गलबार सकिँदै थियो । 

सिमानाका दुवैतर्फका नागरिकको सुरक्षाको लागि यो कदम उठाउनु अत्यन्तै रहेको क्यानडाका प्रधानमन्त्री ट्रुडोले बताएका छन् । 

पछिल्लाे समय अमेरिका काेराेना भाइरस महामारीकाे इपिसेन्टर बनेकाे छ । भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेकाे सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा मात्रै सात लाख ३८ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने ३९ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । 

क्यानडामा ३३ हजारभन्दा धेरै सङ्क्रमित हुँदा एक हजार चार सयभन्दा धेरैकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया