स्वास्थ्यकर्मीको सम्मानमा अनलाइन 'कन्सर्ट', सयभन्दा धेरै कलाकार सहभागी

 वैशाख ७, २०७७ आइतबार ७:२३:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को महामारीसँग लड्ने स्वास्थ्यकर्मीहरुको अठोटलाई सम्मान गर्दै विश्वभरका चर्चित सयभन्दा धेरै गायक गायिका शनिबार एकैसाथ देखिए । 

शनिबार इन्टरनेटमा प्रसारित भएको कार्यक्रम ‘वन वर्ल्ड टुगेदर ः एट होम’ मा यी गायक गायिकाले आ–आफ्नै घरबाटै स्वास्थ्यकर्मीहरुप्रति सम्मान व्यक्त गरे । यो कार्यक्रम अमेजन प्राइप भिडियो, फेसबुक, ट्विटर, इन्स्टाग्राम, ट्युनइन र युट्युबसहित एप्पल, म्युजिक र एप्पल टिभीबाट प्रत्यक्ष प्रसारण भएको थियो । 

यो कार्यक्रममा कोरोना महामारीसँग लड्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई आर्थिक सहयोग गर्ने उद्देश्य राखिएको थियो । चर्चित अमेरिकी गायिका लेडी गागासँगै मिलेर ग्लोबल सिटिजन र विश्व स्वास्थ्य सङ्गठनले यो आठ घण्टा लामो कार्यक्रमको आयोजना गरेका थिए । 

लेडी गागाले भनिन्, ‘कार्यक्रमको उद्देश्य कोष जम्मा गर्नु मात्रै नभइ सङ्कटको घडीमा हामी सबै स्वास्थ्यकर्मीसँगै छौँ र हामीहरु तपाईँको सम्मान गर्छौँ भनेर विश्वभर सन्देश पुर्‍याउनु हो । साथै तपाईँहरुको कामलाई सबैले सम्मान गर्छौँ ।’

ऐनी लेनाक्सले अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको सहयोग रकम रोकेको सम्बन्धमा भने, ‘भविष्यमा आउने स्वास्थ्य सङ्कटसँग बच्नका लागि विश्व स्वास्थ्य सङ्गठनलाई बलियो बनाउनु आवश्यक छ ।’

त्यस्तै गायक रीता ओराले विश्व स्वास्थ्य सङ्गठनले दिएको सुझाव सबैले अपनाउनुपर्ने बताइन् । 

कलाकार जमीला जमील, अमेरिकी गायक एन्ड्रा डे, भारतीय गायक विशाल मिश्रा, प्युट्रो गायक लुई फान्सी, ब्याण्ड द किलर्स, गायक शैरिल क्रो, एडम ल्याम्बर्टसहित कैयौँ चर्चित हस्तीहरु यो कार्यक्रममा सहभागी भएका थिए ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • dhama paudyal

    April 19, 2020, 7:34 a.m.

    I salute to those who participate in this event and also to those who arrange. Thank you all.

  •  0 Reply

तपाईको प्रतिक्रिया