प्रदेश सरकारद्वारा दोस्रो चरणको राहत प्याकेजको घोषणा, लक्षित परिवारकाे घरमै राहत पुर्‍याइने

 वैशाख ८, २०७७ सोमबार ७:९:३४ | रासस
unn.prixa.net

धनुषा – कोराना भाइरस (कोभिड १९) महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारीका मजदुरका लागि प्रदेश २ सरकारले दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले लक्षित परिवारको घरमा सोझै राहत पुर्‍याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो ।

पहिलो चरणमा प्रदेश सरकारले पालिकामार्फत राहत वितरणको कार्यक्रम ल्याए पनि कतिपय पालिकाले राहत वितरण गर्न नसकेको जनगुनासोलाई ध्यानमा राखी प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पुर्‍याउने योजना ल्याएको छ ।

पालिकाले सरकारलाई बुझाएको पीडित परिवारको सूचीका आधारमा प्रदेश सरकारले जिल्लामा रहेको घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गरी प्याकेट तयार गरेरै सूचीसहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरणहरू खरिद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ । यो रकमले थप पीसीआर मेसिनसहितका अन्य उपकरणहरू खरिद गरिने जनाइएको छ ।

मन्त्रिपरिषद्ले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना बिरामीको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया